Virtual Meeting Between Ambassador of Nepal to Spain and Ambassador of Spain in New Delhi

Press Release 

प्रेस विज्ञप्ति

म्याड्रिडस्थित नेपाली राजदूतावास तथा नयाँ दिल्लीस्थित स्पेनीस राजदूतावासबीच सम्भावित आयामहरुमा थप सहकार्य तथा सहयोग बढाउन स्पेनका लागि नेपालको राजदूत महामहिम डा. शर्मिला पराजुली ढकालज्यू र नेपालका लागि गैर आवासिय स्पेनको राजदूत महामहिम खोसे मारिया रिडाओ डोमिन्गुएजज्यूबीच हिजो 30 अगस्ट 2023 मा अनलाइन भर्चुअल बैठक भयो।उक्त बैठक राजनीतिक, आर्थिक, सांस्कृतिक र कन्सुलर सेवा जस्ता विभिन्न पक्षमा केन्द्रित रहेको थियो।

महामहिम डा. पराजुलीज्यूले नेपालीहरुको पारिवारिक पुन:मिलन तथा अन्य प्रवेशज्ञामा भोग्दै आएको विभिन्न चुनौतीहरु तथा समस्याहरु स्पेनमा रहेका नेपालीहरुको समाधान का लागि जोड दिनुभएको थियो ।

साथै,उहाँले नेपालको ऊर्जा क्षेत्रको अपार सम्भावना स्पेनका लागि लगानीको ठूलो अवसर रहेको बताउनुभयो । उहाँले सन् २०२६ सम्ममा वार्षिक रुपमा कम्तीमा एक लाख पर्यटक पठाउने आफ्नो लक्ष्यअनुरुप राजदूतावासले काम गरिरहेको समेत भन्नुभयो। सोही सन्दर्भमा, दुबै महामहिमज्यूहरुले दुई देशबीच सन् १९८३ मा भएको सांस्कृतिक सम्झौतालाई पुन:पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको भनी जोड दिनुभएको थियो।

नेपालका लागि गैर आवासिय स्पेनको राजदूत महामहिम खोसे मारिया रिडाओ डोमिन्गुएजज्यूले

पारिवारिक पुन:मिलन तथा अन्य प्रवेशज्ञामा भोग्दै आएको नेपालीहरुको विभिन्न चुनौतीहरु तथा समस्याहरुको समाधान हुने बताउनुभयो ।

उक्त भर्चुअल बैठकमा नयाँ दिल्लीस्थिति स्पेनीस राजदूतावासबाट नियोग उप-प्रमुख श्री एलेना पेरेथ तथा कन्सुल श्री लुईस आलबेर्तो तथा नेपाली राजदूतावासबाट द्वितीय सचिव श्री अर्जुन अधिकारी उपस्थित थिए।

३१ अगष्ट २०२३

नेपाली राजदूतावास

म्याड्रिड।