e-Passport

दूतावासले नेपाली नागरिकहरूलाई राहदानी जारी गर्दछ। विद्युतीय राहदानी (e-Passport) मा बहाल अवधि वा पृष्ठहरु थप गर्न नमिल्ने भएकोले सो अगावै रीतपूर्वक नयाँ राहदानीका लागि आवेदन दिनुपर्नेछ।यद्यपि, राहदानी हराएको, बिग्रेको वा च्यातिएको, पानाहरु सकिएको अवस्थामा बहाल अवधि रहँदै नयाँ राहदानीका लागि आवेदन दिन सकिनेछ।आवेदकले दूतावासमा व्यक्तिगत रुपमा उस्थित भएर आवेदन पेश गर्न मिल्दछ।

१. राहदानी जारी गर्दा लाग्ने शूल्क संरचना तल दिइएको छ।

सि.न सेवा शूल्क
1

 

 

 

नयाँ राहदानी बनाउन/ नविकरण गर्न

 

 

 

120 युरो – 34 पृष्ठको लागि

120 युरो – 66 पृष्ठको लागि

 

10 वर्ष मुनिका नाबालकको हकमा

60 युरो – 34 पृष्ठको लागि

60 युरो – 66 पृष्ठको लागि

2.

 

 

हराएको/ बग्रिएको राहदानी बनाउन

 

 

 

240 युरो – 34 पृष्ठको लागि

10 वर्ष मुनिका नाबालकको हकमा

120 युरो

 

राहदानी फाराम भर्ने तरिकाको लागि यहाँ क्लिक गर्नु होस।

राहदानी फारामको लागि यहाँ क्लिक गर्नु होस। 

(Note: We urge you to have utmost patience while filling the form, as the system is in the initial stages. We apologize for any inconvenience caused              during the form fill-up.)

२. पेस गर्नु पर्ने आवश्यक कागजातहरु:

  • फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (प्रिन्ट), (राहदानी फाराम भर्नको लागियहाँ क्लिक  गर्नु होस)
  • नेपाली नागरिकता सक्कल र फोटोकपि।
  • पुरानो राहदानी (पहिले बनाएको भएमा मात्र) सक्कल प्रति र फोटोकपी।
  • राहदानी हराएको खण्डमा राहदानी हराएको स्थानको पुलिस अफिसबाट जारि गरिएको पुलिस रिपोर्ट ( पूलिस रिपोर्टमा हराएको राहदानी नम्बर अनिवर्य उल्लेख भएको हुनु पर्नेछ)।
  • स्पेनमा बसोबास गरेको आधिकारिकता खुल्ने कागजात सक्कल र सो को फोटोकपी

३. नाबालकको हकमा:

  • फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (प्रिन्ट), (राहदानी फाराम भर्नको लागियहाँ क्लिक  गर्नु होस)
  • नेपालमा जन्मेको बच्चाको हकमा नाबालिक परिचयपत्र सक्कल र सो को फोटोकपी
  • स्पेनमा जन्मेको बच्चाकोहकम जन्मदर्ता (TOMO) सक्कल र सो को फोटोकपी
  • बुबा आमाको नेपाली नागरिकता, राहदानी र विवाहदर्ता सक्कल  र सो को फोटोकपी
  • राहदानी हराएको खण्डमा राहदानी हराएको स्थानको पुलिस अफिसबाट जारि गरिएको पुलिस रिपोर्ट ( पूलिस रिपोर्टमा हराएको राहदानी नम्बर अनिवर्य उल्लेख भएको हुनु पर्नेछ।
  • बुबा, आमा र बच्चाको स्पेनमा बसोबास गरेको आधिकारिकता खुल्ने कागजात सक्कल र सो को फोटोकपी

 * ५ वर्ष मुनिका बालबालिकाको लागि आवेदन दिँदा जैविक तथ्याङ्क (Biometric Data) अनिवार्य नभएकोले आवेदन दिँदा आवेदक स्वयं उपस्थित हुन अनिवार्य हुँदैन । आवेदक उपस्थित नभएको अवस्थामा माथि दिएको प्रक्रिया अनुसार फाराम भरी आवेदकको तस्विर मात्र पठाउनु पर्दछ । दूतावासमा उपस्थित भइ तस्विर खिच्नका लागि शान्तसँग बस्न सक्ने भएमा भने तस्विर आवश्यक पर्दैन ।

४. अस्थायी नम्बर लिनु पर्नेः

नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्र (TOMO ) लाई मुख्य आधार मानी दूतावासले कामचलाउ रुपमा दर्ता किताब खडा  गरी अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नु पर्दछ।

नाबालिगको राहदानीको आवेदन फाराम भर्दा उक्त फारामको नागरिकता वा अनुमति नं. को ठाउँमा यस दूतावासले उपलब्ध गराएको दर्ता नम्बर, दर्ता मिति र जारी स्थान म्याड्रिड उल्लेख गर्नु पर्नेछ।

५. अन्य आवश्यक कागजातहरूः

  •  नागरिकतामा रहेको जन्म मिति र शैक्षिक योग्यतामा रहेको जन्म मिति फरक परेमा शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने अवस्थामा एसएलसी वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र।
  • विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, तर विदेशी नागरिकसँग विवाह गरी विदेशको नागरिकता नलिएको महिलाको हकमा निजको पुरानो राहदानीमा उल्लेख भएको थर वा नागरिकतामा उल्लिखित थर मात्र कायम हुने छ।
  •   पारपाचुके ( Divorce) गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र।

पुनश्च दूतावासमा नगदमा राजश्व संकलन नहुने भएकाले  दूतावासमा बैक कार्ड मार्फत राजश्व भुक्तानी गर्ने वा दूतावासको बैक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

६. राजस्व रकम पठाउने खाताको विवरणः

Name of Beneficiary: Embassy of Nepal, Madrid
Bank: Caixa Bank
Account No.: ES67 2100 2880 7415 0000 8931
*कन्सेपट मा आवेदकको नाम र विवरण खूलाइ उल्लेख गर्नुहोला।