logo/Nepal-flag_imitgb6.gif
logo/Nepal-flag_imitgb6.gif

A.D.:

Nepal Samvat: 1146 POHELATHWA TRAYODASHI - 13

Passport

दूतावासले नेपाली नागरिकहरूलाई राहदानी जारी गर्दछ। विद्युतीय राहदानी (e-Passport) मा बहाल अवधि वा पृष्ठहरु थप गर्न नमिल्ने भएकोले सो अगावै रीतपूर्वक नयाँ राहदानीका लागि आवेदन दिनुपर्नेछ। यद्यपि, राहदानी हराएको, बिग्रेको वा च्यातिएको, पानाहरु सकिएको अवस्थामा बहाल अवधि रहँदै नयाँ राहदानीका लागि आवेदन दिन सकिनेछ। आवेदकले दूतावासमा व्यक्तिगत रुपमा उस्थित भएर आवेदन पेश गर्न मिल्दछ।

राहदानी फाराम भर्न यहाँ क्लिक गर्नुहोस्।

शूल्क संरचना

सि.न सेवा शूल्क
1

नयाँ राहदानी बनाउन/ नविकरण गर्न

120 युरो - 34 पृष्ठको लागि

170 युरो- 66 पृष्ठको लागि

10 वर्ष मुनिका नाबालकको हकमाः

60 युरो - 34 पृष्ठको लागि

110 युरो- 66 पृष्ठको लागि

2.

हराएको/ बग्रिएको राहदानी बनाउन

180 युरो - 34 पृष्ठको लागि

255 युरो- ६६ पृष्ठको लागि

10 वर्ष मुनिका नाबालकको हकमाः

90 युरो- 34 पृष्ठको लागि

165 युरो- 66 पृष्ठको लागि

राहदानी फाराम भर्ने तरिकाको लागि यहाँ क्लिक गर्नु होस।

राहदानी फारामको लागि यहाँ क्लिक गर्नु होस।

साथमा लिएर आउन पर्ने कागजातहरू

बालिग (नागरिकता प्राप्त) आवेदकको हकमा

नाबालकको हकमा

👉दूतावासमा नाबालकको बाबु वा आमा उल्लिखित कागजातसहित उपस्थित हुनु पर्नेछ। पाँच वर्ष वा सोभन्दा बढी उमेर भएको नाबालक पनि अनिवार्य रूपमा उपस्थित हुन पर्ने छ।

👉 जन्मदर्ता गर्नु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले पहिलो राहदानीका लागि जन्म दर्ताको प्रमाणपत्र (TOMO) लाई मुख्य आधार मानी दूतावासले जन्मदर्ता गरी जन्मदर्ता दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नु पर्दछ, जारी स्थान म्याड्रिड उल्लेख गर्नु पर्नेछ। जन्मदर्ता सम्बन्धी थप जानकारीका लागि यहाँ जानुहोस्। जन्मदर्ता गरीसकेका नाबालकहरूलाई पुनः जन्मदर्ता गर्नु पर्ने छैन।

अन्य आवश्यक कागजातहरू

दूतावासमा नगदमा राजश्व संकलन नहुने भएकाले दूतावासमा बैक कार्ड मार्फत राजश्व भुक्तानी गर्ने वा दूतावासको बैक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

राजस्व रकम जम्मा गर्ने खाता

Name of Beneficiary: Embassy of Nepal, Madrid
Bank: Caixa Bank
Account No.: ES67 2100 2880 7415 0000 8931

कन्सेपट मा आवेदकको नाम र विवरण खूलाइ उल्लेख गर्नुहोला।

थप जानकारीका लागि यस राजदूतावासको इमेल consular@embajadadenepal.es मा सम्पर्क गर्नुहोला।