Nepalese Ambassador to Spain Organizes Outreach Program with Mobile Consular Service in the Basque Country

  

Press Release 

प्रेस विज्ञप्ति

यस राजदूतावासले स्पेनको विभिन्न स्थानमा घुम्ती कन्सुलर सेवासहितको अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने योजना बनाएअनुरुप यहि मिति २५ असार २०८० तदानुसार १० जुलाई २०२३ का दिन पाईस भास्कोमा घुम्ती कन्सुलर सेवासहितको एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। सो अन्तर्क्रिया कार्याक्रममा, पाइस भास्कोमा रहनुभएका नेपालीहरुले विभिन्न विषयहरुमा आफ्नो जिज्ञासा तथा समस्याहरु महामहिम राजदूत डा. शर्मिला पराजुली ढकालज्यूसामु राख्नुभएको थियो। त्यसपश्चात राजदूत डा. पराजुलीज्यूले सो कार्यक्रममा आउनुभएका नेपालीहरुको जिज्ञासा तथा समस्याहरुको सम्बोधन गर्दै राजदूतावासले पछिल्लो समय सम्पन्न गरेका कार्यक्रमहरु तथा गतिविधिहरु सम्बन्धमा सूचित गर्नुभयो। उहाँले नेपाल र स्पेनको सम्बन्धलाई थप प्रगाढ बनाउन शिक्षा, संस्कृति, खेलकुद, हरित उर्जा, भाषा, पर्यटन लगाएतका क्षेत्रहरुमा चालिएका प्रयासहरुमाथि प्रकाश पार्नुभयो।साथै, पाईस भास्कोमा रहेका नेपालीहरुले स्पेनमा नेपालको कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गरेकोमा खुशी व्यक्त गर्दै राजदूतावाससँग थप सहकार्य गर्न प्रोत्साहन गर्नुभयो।

१३ जुलाई २०२३

नेपाली राजदूतावास

म्याड्रिड, स्पेन।