Introduction

विदेशमा विभिन्न पेशा ब्यबसाय गरी वसेका नेपाली नागरिकहरुलाई आवश्यक पर्ने कानूनी सहयोग, क्षतिपूर्ति तथा वीमा रकम कानूनी हकदारलाई दिलाउने प्रक्रिया, अलपत्र परेका नेपालीहरुको उद्धार, मृत्यु भएका को शब नेपाल झिकाउने जस्ताकार्यहरु सम्पादन गर्नका लागि विदेश स्थित नेपाली नियोगहरु संग आवश्यक समन्वय गर्ने कार्य,

विदेशमा पेश गर्ने प्रयोजनको लागि नेपाली नागरिकलाई सरकारी निकायबाट जारी गरिएका कागजातको कन्सुलर प्रमाणीकरणको कार्य,

नेपाल स्थित विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत विदेशीहरुलाई नेपाली कुटनीतिक, अफिसियल तथा निशुल्क (Gratis) भिसा जारी गर्ने तथा उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने, त्यस्ता नियोग तथा संघ संस्था र सोमा कार्यरत पदाधिकारीहरुले प्रयोग गर्ने गाडी तथा समानको आयातमा भन्सार महसुल छुटको सिफारिस जस्ता कार्य,

साथै नेपाल सरकारको निर्णय वमोजिम वैदेशिक तालिम, सेमिनार, सम्मेलन, गोष्ठीमा भाग लिनजान सरकारी पदाधिकारी तथा कर्मचारीहरूको लागि नेपाल स्थित विदेशी नियोगहरुमा भिसाको सिफारिस गर्ने कार्य समेत परराष्ट्र मन्त्रालयको प्रोटोकल महाशाखा अन्तर्गत कन्सुलर शाखाले गर्दै आएकोमा,

विदेशमा नेपाली नागरिकहरुको बढदो संख्याका साथ बढेको कार्य बोझ, नेपालमा वढेको विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संघ संस्थाको संख्या आदिका कारणले सेवा सुविधामा सहजता दिनका लागि नेपाल सरकारको मिति २०७०/१/२० को निर्णय अनुसार यस विभागको परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना भएको  हो ।

रा. प. प्रथम श्रेणीको महानिर्देशक प्रमुख हुने यस विभागको कुल कर्मचारी दरबन्दी सँख्या २२ रहेको छ | उपरोQm कार्यहरूको सम्पादनको निम्ति विभाग अन्तर्गत निम्नानुसारका शाखाहरुको व्यवस्था गरिएको छ ।

शाखाहरु 

  1. कन्सुलर तथा कानूनी परामर्श
  2. कागजात प्रमाणीकरण
  3. कूटनैतिक उन्मुक्ति तथा सुविधा
  4. विदेशी कुटनीतिक नियोगका पदाधिकारीको लागि भिसा तथा परिचय पत्र जारी
  5. सरकारी मनोनयनमा भिसा सिफारिश