Embassy of Nepal in Spain Celebrates National Day and Constitution Day with Cultural Program in Barcelona

    

Press Release

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित भव्य समारोहको आयोजना गरेको छ । कार्यक्रमको सुरुवात स्पेन र नेपालको राष्ट्रिय गानबाट भएको थियो भने स्पेनका लागि नेपाली राजदूत महामहिम डा. शर्मिला पराजुली ढकालज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो । मत्तव्यको क्रममा महामहिम ढकालले प्रजातन्त्रका लागि नेपाली जनताको लामो र निरन्तर सङ्घर्षको महत्व र २०१५ मा नेपालको संविधान जारी गर्नमा नेपालीहरुको योगदानबारे प्रकाश पार्दै उहाँले आफ्नो कार्यकालमा दुई देशबीचको व्यापार, पर्यटन, खेलकुद, शिक्षा, कृषि र संस्कृतिको प्रवर्द्धन गरी नेपाल र स्पेनबीचको द्विपक्षीय सम्बन्ध थप सुमधुर बनाउने आशा व्यक्त गर्नुभयो । उहाँले कोभिड-१९ को परीक्षणको समयमा नेपाललाई मानवीय सहायता पठाउने युरोपेली संघको पहिलो मुलुक भएकोमा स्पेन सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । मन्तव्यपश्चात्, महामहिम ढकालज्यू, श्री विमल ढकालज्यू र परराष्ट्र मन्त्रालय अन्तर्गत बार्सिलोनामा बस्दै आउनुभएका केही कुटनीतिज्ञ, नेपाली समुदायका एक वृद्ध महिलाले संयुक्त रुपमा केक काट्नुभएको थियो । कार्यक्रममा प्रसिद्ध नेपाली गायक श्रीकृष्ण काफ्लेज्यूकाे सांगीतिक प्रस्तुति थियो । उहाँले जहाँ छन् बुद्धका आँखा लगायत अन्य विभिन्न नेपाली गीत गाउनुभएको थियो भने प्रसिद्ध बाँसुरीबादक विनोद कटुवालज्यूले नेपाली गीतमा बाँसुरी धुन दिनुभएको थियो । कवि माधब प्रसाद घिमिरे दुवारा रचित रास्ट्रीय गीत

– नेपाली हामी रहुला कहाँ — भन्ने गीत

बिश्व कलाकार संघ स्पेनका अधक्ष्य – डिक कार्की ज्युले

गीत गाउनु भऐको थियो।

नेपाली भाषा र संस्कृतिमा योगदान पुर्‍याउँदै आएको ‘पाठशाला’बार्सिलिना नेपाली विद्यालयका साना बालबालिकाहरुले नेपाली गीतमा नृत्य प्रस्तुत गर्नुका साथै राष्ट्रिय गान गाएका थिए । सांस्कृतिक प्रस्तुतिको अलावा, दूतावासले बार्सिलोनामा बसोबास गरी नेपालमा योगदान पुर्‍याउनुका साथै दुई देशबीचको आर्थिक कूटनीति प्रवर्द्धनमा पर्यटन र संस्कृतिमार्फत सहकार्य गर्दै आउनुभएका केही महत्वपूणर् नेपालीहरूलाई सम्मान गरेको थियो । सेल , खीर लगायत स्वादिष्ट नेपाली परिकार उपलब्ध गराउने बार्सिलोनामा रहेका रेस्टुरेन्टहरूलाई नेपाली राजदूतावास, म्याड्रिडले समारोहमा सम्मान गरेको थियो ।

कार्यक्रममा कन्सुल जनरलहरू, बार्सिलोनाका कूटनीतिक समुदायका प्रतिनिधिहरू, स्पेनका मिडिया हाउस सहित करिब १५० जना अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन राजदूतावासका सहचारी करिश्मा अधिकारीज्यूले गर्नुभएको थियो । बार्सिलोनामा रहेका नेपाली समुदाय, नेपाली संघसंस्थासग समन्वय,कार्यक्रम व्यवस्थापन एनआरएनए स्पेनका अध्यक्ष श्री शालिक राम डुम्रे ज्यूले र एनआरएनए आइसीसी स्पेनका दिनेश गिरीले ज्यूले गर्नुभएको थियो ।

महामहिम डा. शर्मिला पराजुली ढकालले दूतावास परिवारसहित बार्सिलोनामा रहेका नेपाली समुदायसँग संविधान दिवस मनाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

साेही दिन, एनआरएनए स्पेनले आयोजना गरेको

अन्तरक्रिया कार्यक्रममा पनि महामहिम राजदूत सहभागी हुनुभयो । कार्यक्रममा बार्सिलोनामा रहेका अधिकांश नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । महामहिमले दूतावासबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने र नेपालको गरिमालाई स्पेनमा सधैँव उच्च बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । बार्सिलोनामा पहिलोपटक नेपाली राष्ट्रिय दिवस आयोजना भएकोमा नेपाली समुदायले धन्यवाद व्यक्त गरेका थिए ।

२३ सेप्टेम्बर, २०२२

नेपाली दूतावास मड्रिड

स्पेन