Strengthening Bilateral Relations and Exploring Green Energy Cooperation

Press Release

मिति 2079/11/28 देखि 2079/12/04 सम्म स्पेनका लागि नेपाली राजदूत महामहिम डा. शर्मिला पराजुली ढकालज्यूले नेपाल भ्रमण गर्नुभएको।उक्त भ्रमणका क्रममा महामहिम डा. पराजुलीज्यू सहभागी भएका प्रमुख कार्यक्रमहरु, बैठकहरु र गतिविधिहरू देहायबमोजिम रहेका छन्।

१. नेपाली राजदूतावास म्याड्रिडको प्रयासमा भएको United Nations World Tourism Organization (UNWTO) को Regional Workshop on Measuring Tourism in Asia and Pacific कार्यक्रममा सहभागिता जनाउनुभएको र सो कार्यक्रमको Inaugural Session मा Congratulatory Remarks दिई सम्बोधन गर्नुभएको।

२. सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसँग शिष्टाचार भेट गर्नुभएको।

३. सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूसँग UNWTO का भ्रमणदल सहित बैठकमा सहभागिता जनाउनु भएको।साथै, सम्माननीय प्रधानमन्त्रीज्यूसँग स्पेन र नेपालको द्विपक्षिय सम्बन्धका विविध आयामहरुमा छलफल गर्नुभएको।

४. माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री सुदन किरातीज्यूसँग भेटघाट गरी नेपालमा स्पेनबाट ठूलो पर्यटकको संख्या भित्र्याउन सकिने सम्भावना तथा अन्य विविध विषयमा छलफल गर्नुभएको।

५. नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख श्री शुशील भट्टज्यूसँगको भेटघाटमा नेपालमा स्पेनको तर्फबाट हुनसक्ने Green Hydrogen लगायतका विविध क्षेत्रहरुमा लगानी सम्बन्धी छलफल गर्नुभएको।

६. काठमाडौँ विश्वविद्यालयका उपकुलपति श्री भोला थापाज्यूले महामहिम डा. पराजुलीज्यूलाई विश्वविद्यालयमा स्वागत गर्नुभई भेटघाट गर्नुभएको। सोही अवसरमा महामहिम राजदूतज्यूले काठमाडौँ विश्वविद्यालयमा रहेको Green Hydrogen Lab को भ्रमण गरी Green Energy को क्षेत्रमा नेपाल र स्पेनबीच हुनसक्ने सहकार्य तथा समन्वयसम्बन्धी छलफल गर्नुभएको।

७. परराष्ट्र सचिव श्री भरतराज पौड्यालज्यू र श्रम, रोजगार र सामाजिक सुरक्षा सचिव श्री एकनारायण अर्यालज्यूसँग भेटघाट गर्नुभएको।