Ambassador Organizes Consular Service Interaction Program in Alicante, Spain

 

Press Release

यस राजदूतावासले स्पेनको विभिन्न स्थानमा घुम्ती कन्सुलर सेवासहितको अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने योजना बनाएअनुरुप यहि मिति 01 मङ्‌सिर 2080 देखि 02 मङ्‌सिर 2080 सम्म आलिकान्तेमा घुम्ती कन्सुलर सेवासहितको एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। सो अन्तर्क्रिया कार्याक्रममा, आलिकान्तेमा रहनुभएका नेपालीहरुको विभिन्न विषयहरुमा जिज्ञासा तथा समस्याहरुको सम्बोधन गर्दै महामहिम राजदूत डा. शर्मिला पराजुली ढकालज्यूले नेपाल र स्पेनको सम्बन्धलाई थप प्रगाढ बनाउन शिक्षा, संस्कृति, खेलकुद, हरित उर्जा, भाषा, पर्यटन लगाएतका क्षेत्रहरुमा राजदूतावासले पछिल्लो समय सम्पन्न गरेका कार्यक्रमहरु तथा गतिविधिहरु सम्बन्धमा सूचित गर्नुभयो। साथै, आलिकान्तेमा रहेका नेपालीहरुले स्पेनमा नेपालको कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गरेकोमा खुशी व्यक्त गर्दै राजदूतावाससँग थप सहकार्य गर्न प्रोत्साहन गर्नुभयो। घुम्ती कन्सुलर सेवा प्रवाह गर्न राजदूतावासबाट द्वितीय सचिव श्री अर्जुन अधिकारी तथा मेसेन्जर श्री अनुपराज शिल्पाकार आलिकान्ते जानुभएकोमा उक्त शिविरबाट करिब सय जना नेपालीहरुले आफ्नो राहदानी नविकरण गर्नुभयो। साथै, यस घुम्ती कन्सुलर सेवा शिविरमा राजदूतावाससँग सहयोग तथा समन्वय गर्ने नेपाल समाज एसोसिएसन, एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्‌का तथा आलिकान्तेस्थित नेपाली समुदायहरुलाई धन्यवाद ज्ञापन गर्दछौँ।

२२ नोभेम्बर २०२३

नेपाली राजदूतावास

म्याड्रिड, स्पेन।