अधिकृत वारेसनामको कागज प्रमाणित गर्न आवश्यक पर्ने कागजपत्र र तत्सम्बन्धी जानकारी
- मुलुकी देवानी कार्यविधि संहिता,२०७४ को दफा १५४ र मुलुकी देवानी संहिता, २०७४ दफा ४२५ मा उल्लेख भएबमोजिमको कामको लागि अधिकृत वारेस (अ. वा.) नियुक्त गर्नुपर्ने भए तोकिएको ढाचामा नेपाली कागजमा रितपूर्वक लेखिएको अधिकृत वारेसनामाको कागज दुई प्रति । (अ. वा. को कागज अनुभवी व्यक्ति, कानून व्यवसायी वा लेखन्दासबाट तयार गराउनु होला)
- अ. वा. दिने व्यक्तिले मुलुकी देवानी कार्यविधि नियमावली, २०७५ को अनुसूची-४५ बमोजिमको व्यहोरा खुलेको एउटा निवेदन ।(निवेदन अ. वा. को कागज लेखिदिने व्यक्तिले नै तयार गरिदिन्छन्)
- घर जग्गा विक्री वा तत्सम्बन्धी अन्य कामका लागि अ. वा. नियुक्त गर्नुपर्ने भए सम्बन्धित जग्गाको धनिपूर्जाको सक्कलै प्रति एवं सोको फोटोकपी एक प्रति ।
(धनिपूर्जाको सक्कल पेश गरेपछि मात्र अ. वा. प्रमाणित गरिनेछ)
- सम्बन्ध विच्छेद सम्बन्धी मुद्दाको लागि अ. वा. नियुक्त गर्नुपर्ने भए विवाह दर्ता प्रमाणपत्र वा पती पत्नी बीचको नाता प्रमाणित प्रमाणपत्रको सक्कल वा नोटरी पव्लिकद्वारा प्रमाणित प्रतिलपि।
- अ. वा. दिने र लिने दुवै जनाको नागरिकताको प्रमाणपत्रको नोटरी पव्लिकद्वारा प्रमाणित प्रतिलिपि।
- अ. वा. दिने र लिने दुवै जनाको छ महिना भित्र खिचेको २/२ प्रति फोटाहरू ।
- अ. वा. को कागजको किनारामा दुई जना साक्षीको नाम, थर, उमेर र ठेगाना खुलाई उनीहरूको हस्ताक्षर भएको हुनुपर्छ । साथै, कागज तयार गर्ने वकिल वा लेखन्दासको समेत पूरा नाम र दस्तखत भएको हुनुपर्छ ।
- अ. वा. दिनेले राजदूतको रोहवरमा सहीछाप गर्नुपर्ने भएकोले राजदूतावासमा स्वयं उपस्थित हुनुपर्नेछ। अ. वा. को कागज राजदूतले नै प्रमाणित गर्नुपर्ने भएकोले राजदूतावासमा सम्पर्क गरी राजदूतको समय लिएर मात्र आउनु हुन सम्बन्धित सवै सेवाग्राहीहरूलाई राजदूतावास अनुरोध गर्दछ ।समय नलिइ आउँदा कदाचित अ. वा. प्रमाणित हुन नसक्ने अवस्था भएमा राजदूतावासको जिम्मेवारी हुनेछैन।
- अ. वा. को कागजको अन्त्यमा मिति लेख्दा साल, महिना, गते र रोज खाली राख्नुहुन । अ. वा. प्रमाणित गरेका दिन मात्र मिति लेखिने भएकोले खाली छोड्नुपर्छ ।
(जस्तै इति सम्वत् साल महिना गते रोज शुभम् )
- राजश्व: ५ (पाँच) युरो । तीन पुस्तावाहेक अरुलाई सम्पत्ति बिक्री गर्ने वा हक छाडिदिने गरी गरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा जम्मा ४० (चालीस) युरो ।
- शुल्क दूतावसमा कार्डबाट पनि भुक्तानी गर्न सकिनेछ। राजदूतावासमा आउनु अघि अ. वा. को कागज इमेलबाट पठाउनु हुन र राजदूतावासले अ. वा. को कागज मिलेको जानकारी दिएपछि मात्र लाग्ने शुल्क राजदूतावासको निम्न लिखित वैक र खाता नम्बरमा पनि पठाउन सकिनेछ।
पुनश्च दूतावासमा नगदमा राजश्व संकलन नहुने भएकाले दूतावासमा बैक कार्ड मार्फत राजश्व भुक्तानी गर्ने वा दूतावासको बैक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ।
राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Madrid
Bank: Caixa Bank
Account No.: ES67 2100 2880 7415 0000 8931
*कन्सेपट मा आवेदकको नाम र विवरण खूलाइ उल्लेख गर्नुहोला।
सम्पर्कको लागि राजदूतावासको इमेलः
consular@embajadadenepal.es