एम आर पी
दूतावासले नेपाली नागरिकहरूलाई 10 वर्ष सम्म बहाल अबधि रहने गरि राहदानी जारी गर्दछ।MRP (यन्त्रवाचक राहदानी) मा बहाल अवधि वा पृष्ठहरु थप गर्न नमिल्ने भएकोले सो अगावै रीतपूर्वक नयाँ राहदानीका लागि आवेदन दिनुपर्नेछ।यद्यपि, राहदानी हराएको, बिग्रेको वा च्यातिएको, पानाहरु सकिएको अवस्थामा बहाल अवधि रहँदै नयाँ राहदानीका लागि आवेदन दिन सकिनेछ।आवेदकले या त दूतावासमा व्यक्तिगत रुपमा उस्थित भएर वा हुलाकबाट पनि आवेदन पेश गर्न मिल्दछ। MRP (यन्त्रवाचक राहदानी) का लागि दुतावासमा रितपूर्वक भरी प्राप्त भएका राहदानी फारामहरु नेपालको राहदानी विभागमा पठाईने छ। नेपालबाट राहदानी तयार हुन झण्डै 12 देखि 14 हप्ता लाग्ने र तयार भई दूतावासमा आइसकेपछि वितरण गरिने छ।यसरी तयार भइ प्राप्त राहदानी Pre- Paid (Pre -pagado) पोष्ट मार्फत वा व्यक्ति स्वयं उपस्थित भइ बुझिलिन मिल्नेछ।
राहदानी जारी गर्दा लाग्ने शूल्क संरचना तल दिइएको छ।
सि.न | सेवा | शूल्क |
1
|
नयाँ राहदानी बनाउन/ नविकरण गर्न
|
120 युरो
60 युरो – 10 वर्ष मुनिका नाबालकको हकमा
|
2.
|
हराएको/ बग्रिएको राहदानी बनाउन
|
240 युरो
120 युरो – 10 वर्ष मुनिका नाबालकको हकमा
|
3. | अस्थाइ राहदानी
(MRP को लागि आवेदन दिए मात्र आस्थाइ राहदानी जारी गरिनेछ)। |
20 युरो
|
राहदानी फाराम भर्ने सरल तरिकाको लागि यहाँ क्लिक गर्नु होस।
राहदानी फारामको लागियहाँ क्लिक गर्नु होस।
पेस गर्नु पर्ने आवश्यक कागजातहरु:
- रित पुर्वक भरिएको राहदानी फाराम तिन प्रति।
- नेपाली नागरिकताको फोटोकपि (आवश्यक भएको खण्डमा सक्कल पनि माग गर्न सकिने)।
- नेपाली राहदानी सक्कल ( फोटोकपि )।
- ६ महिना भित्र खिचेको मापदण्ड मिलेको फोटो ४ प्रति, (फोटोको मापदण्डका लागियहाँ क्लिक गर्नु होला)।
- राहदानी हराएको खण्डमा राहदानी हराएको स्थानको पुलिस अफिसबाट जारि गरिएको पुलिस रिपोर्ट ( पूलिस रिपोर्टमा हराएको राहदानी नम्बर अनिवर्य उल्लेख भएको हुनु पर्नेछ)।
- हुलाकबाट आवेदन फारम पेश गर्दा / पठाउदा अनिवर्य रुपमा पुरा ठेगाना खुलाइ Tracking Number सहितको Pre-Paid (pre-pagado) खामसहित पठाउनुपर्नेछ।
नाबालकको हकमा:
- रित पुर्वक भरिएको राहदानी फाराम तिन प्रति।
- नेपालमा जन्मेको बच्चाको हकमा नाबालिक परिचयपत्रको फोटोकपि।
- स्पेनमा जन्मेको बच्चाकोहकम जन्मदर्ता (TOMO) को फोटोकपि।
- बुबा आमाको नेपाली नागरिकता, राहदानी र विवाहदर्ताको फोटोकपि।
- हालसालै खिचेको मापदण्ड मिलेको फोटो ४ प्रति, (फोटोको मापदण्डका लागियहाँ क्लिक गर्नु होला)।
- राहदानी हराएको खण्डमा राहदानी हराएको स्थानको पुलिस अफिसबाट जारि गरिएको पुलिस रिपोर्ट ( पूलिस रिपोर्टमा हराएको राहदानी नम्बर अनिवर्य उल्लेख भएको हुनु पर्नेछ।
- हुलाकबाट आवेदन फारम पेश गर्दा / पठाउदा अनिवर्य रुपमा पुरा ठेगाना खुलाइ Tracking Number सहितको Pre-Paid (pre-pagado) खामसहित पठाउनुपर्नेछ।
अस्थायी नम्बर लिनु पर्नेः
नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्र (TOMO ) लाई मुख्य आधार मानी दूतावासले कामचलाउ रुपमा दर्ता किताब खडा गरी अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नु पर्दछ।
नाबालिगको राहदानीको आवेदन फाराम भर्दा उक्त फारामको बुँदा नं. ७ मा उल्लिखित नागरिकता वा अनुमति नं. को ठाउँमा यस दूतावासले उपलब्ध गराएको दर्ता नम्बर, बुँदा नं. ८ मा दूतावासले उपलब्ध गराएको दर्ता मिति र बुँदा नं. ९ मा जारी स्थान म्याड्रिड उल्लेख गर्नु पर्नेछ।
अन्य आवश्यक कागजातहरूः
क) नागरिकतामा रहेको जन्म मिति र शैक्षिक योग्यतामा रहेको जन्म मिति फरक परेमा शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने अवस्थामा एसएलसी वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र।
ख) विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, तर विदेशी नागरिकसँग विवाह गरी विदेशको नागरिकता नलिएको महिलाको हकमा निजको पुरानो राहदानीमा उल्लेख भएको थर वा नागरिकतामा उल्लिखित थर मात्र कायम हुने छ।
ग) पारपाचुके ( Divorce) गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र।
जरुरी: कृपया राहदानी, प्रमाणीकरण आदिको दस्तुर बैंकबाट पठाउंद पहिला दूतावासमा कागजात प्राप्त भएइ सहि भएको एकिन भएपछि मात्र तोकिएको राजस्वको रकम बैंकमा जम्मा हुन अनुरोध छ । थप जानकारी चाहिएमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Madrid
Bank: Bankia
Account No.: ES08 2038 1958 4360 0017 3241
*कन्सेपट मा आवेदकको नाम र विवरण खूलाइ उल्लेख गर्नुहोला।
राहदानी सम्बन्धमा बारम्बार सोधिने प्रश्नहरूः
राहदानी बनाउन कति समय लाग्छ?
राहदानी बनाउनका लागि सामान्यतः 3 देखी 3१/२ महिना सम्म लाग्दछ ।
विदेशमा रहेका समयमा जन्मिएका सन्तानको राहदानी कसरी बनाउने?
राहदानी बनाउनका लागि माथि मा उल्लेख भए अनुसार गर्नु होला । यदि बच्चासहित तत्काल नेपाल फर्कनु पर्ने भएमा यात्रा अनुमति पत्रका लागि दूतावासमा आवेदन दिन सकिने छ । विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका बच्चाको हकमा राहदानीका लागि बाबु नागरिक रहेको मुलुकको सम्बन्धित निकायमा सम्पर्क राख्नु पर्दछ ।
हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?
हराएको राहदानी भेटिएमा जुन दूतावासमा सम्पर्क गरी राहदानी रद्द गराउनु पर्दछ । हराएको राहदानी भेटिए तापनि हराएको जानकारी Interpol मार्फत विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन्छ ।
राहदानीमा भएको विवरणमा त्रुटि देखिएमा के गर्ने ?
राहदानी छपाइ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिन पर्दछ । यदि विभाग/कार्यालयको गल्तीका कारण फाराममा भएको विवरण भन्दा राहदानीमा छापिएको विवरण फरक परेमा एक वर्षभित्र र राहदानी प्रयोग नभएको भएमा पुनः दस्तुर लाग्दैन । अन्यथा नियमानुसार दस्तुर लाग्ने हुन्छ । यस प्रकारको त्रुटि सच्याउन लागि सम्बन्धित कार्यालय वा विभागमा आवेदन दिन सकिन्छ ।
के राहदानी नवीकरण गर्दा पुरानो संख्या (Number) कै राहदानी बन्दछ ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ ?
बन्दैन । राहदानी नवीकरण गर्दा नयाँ संख्याको राहदानी बन्दछ । नयाँ जारी गरिएको राहदानीमा पुरानो राहदानी संख्या समेत उल्लेख गरिने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको भिसा मान्य हुन्छ । यो विषय मुलुक पिच्छेको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो वा जुन मुलुकको भिसा लिएको हो, सोही मुलुकको आधिकारिक निकायसँग बुझ्नु राम्रो हुन्छ ।
राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनु पर्यो, के गर्ने ?
दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयद्वारा निर्धारित ढाँचामा जारी गरिएको नागरिकता प्रमाणीकरण(पहिलो पटक नेपालबाट एम आर पी लिनेले मात्र), पुरानो राहदानी/यात्रा अनुमतिपत्र र रसिद लिई विभागमा सम्पर्क राख्न सकिन्छ । विभागबाट कागजात रुजू गरी राहदानी जारी गरिन्छ ।
राहदानी जरुरी परेमा आफन्त मार्फत नेपालबाट राहदानी बनाउन सकिन्छ?
सकिँदैन ।
राहदानी जरुरी परेमा के गर्ने ?
विदेशमा रहेका बखत तुरुन्त राहदानी लिन परेमा आवेदक स्वयंले खर्च बेहोर्ने गरी दूतावासबाट प्रमाणित गरिएको फाराम राहदानी विभाग काठमाडौं पठाउन सकिन्छ।यसका लागि यस दूतावासमा एक निवेदन दिए पछि दूतावासले पत्र सहित राहदानी फारामा तयार गरी आवेदकलाई उपलब्ध गराउँछ ।उक्त फाराम आवेदकले द्रुत मेलबाट राहदानी विभागमा पठाई तयार भएको राहदानी आवेदकका आफन्त मार्फत राहदानी विभागमा गई बुझी लिइ कुरीयर सेवा मार्फत यस दूतावासमा पठाउनु पर्ने छ । राहदानी प्राप्त भए पछि दूतावासबाट सम्बन्धित व्यक्तिको नाममा राहदानी जारी हुन्छ ।
एमआरपी बहाल रहेको अवस्थामा नयाँ बनाउन सकिन्छ?
सामान्यतः ६ महिना भन्दा बढी अवधि भएको राहदानी आफूसँग भएमा नयाँ राहदानी बनाउन सकिँदैन । तर राहदानी हराएमा वा च्यातिई, जलि, मसी पोखिई वा अन्य कारणले राहदानीमा क्षति पुगेमा वा पाना भरिएमा भने नयाँ राहदानी बनाउन सकिन्छ । यदी राहदानीकी अवधि छ महिना भन्दा बढी छ तर लामो समयका लागि भिसा आवेदन दिनु पर्नाको कारणले वा अन्य कुनै उचित कारणले अहिले नै राहदानी नवीकरण गर्नु परेमा सोही कारण खोली दूतावासलाई अनुरोध गर्न सकिने छ र यस सम्बन्धमा दूतावासले आवश्यक परामर्श दिने छ ।