Consular and Legal Consultation

यस विभागबाट कन्सुलर तथा कानूनी परामर्श सम्बन्धी देहायका कार्यहरु सम्पादन हुन्छ | उक्त कार्यहरु सम्पादन गर्न आवश्यक पर्ने कागजातहरु र प्रकृयाका सम्बन्धमा जानकारीका लागि सोही शीर्षकमा क्लिक गरेर थाहा पाउन सकिन्छ |

१) अंग प्रत्यारोपणको लागि सिफारिश

२) विदेशबाट मृतकको शव झिकाउने

३) खोजतलास / उद्धार सम्बन्धी कार्य 

४) क्षतिपूर्तिका लागि निवेदन (घाइते/मृतक)

५) मलेसियाबाट क्षतिपूर्ति प्राप्त गर्ने

६) भारतीय र अन्य देशका राजदूतावासमा शैक्षिक योग्यताका प्रमाणपत्र प्रमाणीकरण गर्न सिफारिश

७) भारतीय र अन्य देशको Police Clearance का लागि सिफारिश

८) भारतीय र अन्य देशको सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्रमाणीकरणका लागि सिफारिश

९) विभिन्न आयोजना/उद्ध्योग तथा नेपाली सेनाको लागि भारतबाट आयात गरिने विष्फोटक पदार्थ तथा रसायन सम्बन्धमा सिफारिश

१०) नेपाली नम्वर प्लेटका सवारी साधनलाई भारतमा आवत जावत गर्न Vehicle Permit को सिफारिश

११) नेपाली चलचित्र भारत लगी प्रोसेसिङ्ग/छायाँकन तथा प्रदर्शन गर्नका लागि सिफारिश 

१२) नेपाली नागरिकता परित्याग सम्बन्धी सहजिकरण कार्य ।

१३) नेपाल सरकारका विभिन्न निकायहरुबाट जारी भएका कागजातहरुको आधिकारिकता सम्वन्धमा जवाफ

१४) अधिकृत वारेशनामाको आधिकारिकता सम्बन्धमा