विद्युतीय राहदानी सम्बन्धी सूचना

विद्युतीय राहदानी सम्बन्धी सूचना

यस राजदूतावासबाट मिति २०७८ चैत्र २८   गते (तदनुसार अप्रिल 11, 2022) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु गर्न लागिएको सबैमा सूचित गराउदछौँ । राहदानी आवेदन सम्बन्धी प्रकृयाबारे सम्पुर्ण जानकारी राजदूतावासको वेबसाइट https://sp.nepalembassy.gov.np/ मा हेर्नसक्नुहुनेछ।

राहदानीका लागि अनलाइन आवेदन फारम भर्दाका बखत नै राजदूतावासमा फाराम बुझाउने मिति र समय छनौट गर्न सकिने व्यवस्था रहेको जानकारी गराउदछौँ । अतः पूर्वनिर्धारित मिति र समय (appointment) बिना राहदानी बनाउनको लागि राजदूतावासमा आउने सेवाग्राहीहरुको आवेदन प्रकृया अगाडी नबड्ने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछौँ।

राहदानीको निमित्त यस नियोगमा आवेदन दिँदा निम्न प्रक्रिया अपनाउनु पर्दछ ।